‘अर्णव’ चक्रवातको जोखिमः मकवानपुरमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

हेटौँडा, बंगालको खाडीमा विकसित ‘अर्णव’ ९ब्चलबद० चक्रवातका कारण मकवानपुरसहित बागमती प्रदेशका विभिन्न भूभागमा भारी वर्षा हुने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

ADVERTISEMENT

जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सूचना जारी गर्दै आगामी कात्तिक ११ गते बुधबारदेखि १४ गते शनिबारसम्म भारी वर्षाको सम्भावना रहेको जनाएको हो। जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष बुलेटिनका आधारमा प्रशासनले सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सर्वसाधारणलाई सचेत रहन अनुरोध गरेको छ।

भारी वर्षाका कारण जिल्लाका नदी तथा खोलामा आकस्मिक बाढी आउने, कटान तथा डुबान हुने र पहाडी क्षेत्रमा पहिरो खस्ने जोखिम रहेको प्रशासनले जनाएको छ। यसबाट सडक अवरुद्ध हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रशासनले किसानलाई धानबाली तथा अन्य उपज सुरक्षित स्थानमा भित्र्याउन, वर्षाको अवधिभर बाली नकाट्न र भण्डारण सुरक्षित राख्न अनुरोध गरेको छ। त्यस्तै, नदी किनार, खोल्सा तथा चुरे क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन र वर्षाको समयमा खोला तर्ने, माछा मार्ने तथा दाउरा संकलन गर्ने जस्ता जोखिमपूर्ण कार्य नगर्न आग्रह गरिएको छ।

त्रिभुवन राजपथ, कान्ति लोकपथ, हेटौँडा–काठमाडौँ छोटो मार्गलगायत ग्रामीण सडकमा पहिरोको जोखिम रहेकाले अत्यावश्यकबाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न प्रशासनले अनुरोध गरेको छ। यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र निस्कन पनि आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya