हेटौंडा, चैनपुर जेसीज मनहरीको वर्ष २०२५ को अध्यक्षमा कृष्णप्रसाद ढकाल चयन भएका छन् ।
सोमबार भएको जेसीजको दोस्रो साधारणसभा तथा अधिवेशनबाट ढकालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
जेसीजको कार्यकारिणी उपाध्यक्षमा मिलन ढुंगाना र मनोज विष्ट, उपाध्यक्षमा राजु सुवेदी, बालकृष्ण बिष्ट, कृष्णप्रसाद खनाल र रोचक ढकाल चयन भएका छन् ।
सबै पदमा सर्वसम्मत चयन भएको प्रमुख निर्वाचन आयुक्त गणेश दर्पण अधिकारीले जानकारी दिए । अध्यक्षमा चयन भएका ढकालले सबैलाई समेट्दै आफ्नो कार्यकाल नमूनालायक बनाउने बताए ।






