इन्द्रसरोवरमा सुमो दुर्घटना हुँदा ९ जना घाइते

हेटौंडा, मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। बुधबार दिउँसो बतासेस्थित भीमफेदी-कुलेखानी-सिस्नेरी काठमाडौं सडक खण्डमा रौतहटको गौरबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज ५४८५ नम्बरको सुमोको ब्रेक फेल भई दुर्घटना हुँदा सुमोमा सवार ९ जना यात्रुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

प्रहरीका अनुसार ब्रेक फेल भएको सुमो करिब १ सय मिटर तल खोल्सामा खसेको थियो। सुमोमा चालकसहित १० जना रहेकोमा ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सुमो चालक भने घट्ना स्थलमा नरहेको प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धार गरी उपचारका लागि काठमाडौंतर्फ पठाएको मकवानपुर प्रहरीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya