हेटौंडा, अर्थविद् डा. स्वर्णीम वाग्ले आज बुधबार हेटौंडा आउने भएका छन् । हेटौंडामा हुने व्यवसायीहरुको छलफल अन्तरक्रिया कार्यक्रममा सहभागी हुन उनी हेटौंडा आउने भएका हुन् ।
व्यवसायीहरुको वर्तमान समस्या र यसको निवारण सम्बन्धमा हुने विशेष अन्तरक्रियामा वाग्ले सहभागी हुनेछन् । उनकै प्रमुख आतिथ्यतामा कार्यक्रम हुन लागेको बताइएको छ । गठबन्धन दल निकटको नेपाल लोकतान्त्रिक व्यापार संघ मकवानपुर, नेपाल उद्योग व्यापार महासंघ र राष्ट्रिय व्यापार संगठन मकवानपुरको संयुक्त आयोजनामा अन्तरक्रिया हुन लागेको हो ।
पल्पसा सदनमा हुने कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी दिँदै लोकतान्त्रिक व्यापार संघका अध्यक्ष काव्यमणि अधिकारीले कार्यक्रममा सहभागिताका लागि जिल्लाका उद्योगी व्यवसायीहरुलाई अनुरोध समेत गरेका छन् ।







