हेटौंडा १६ मा हाट बजार सञ्चालन

हेटौंडा, स्थानीय स्तरमा उत्पादित तरकारीलाई व्यवस्थित बनाउन हेटौंडा १६ चिसापानीमा हाट बजार सञ्चालनमा आएको छ । हेटौंडा १६ नम्बर वडा कार्यालयको सहजीकरणमा हटिया हाटबजार सञ्चालनमा आएको हो । व्यवस्थित रुपमा हाटबजार सञ्चालनमा आउँदा स्थानीय खुशी भएका छन् ।

ADVERTISEMENT

हाट बजारको उद्घाटन हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँले गरेका हुन् । ‘हेटौडा उपमहानगरको १६ नम्बर वडा इतिहास बोकेको स्थान हो ।’ हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँले भने –‘उपमहानगरले यस तरकारी बजारलाई नमुना तरकारी बजारको रुपमा लिएको छ । ’

बाहिरबाट आउने विषादीयुक्त तरकारी भन्दा स्थानीय स्तरमै उत्पालन भएका तरकारीलाई बेच्ने व्यवस्था मिलाइएको छ । किसानले उत्पादन गरेका तरकारीको बजारीकरणमा हाट बजारले सहयोग पुग्ने छ । किसानले जति उत्पादन भएपनि आफैँले लगेर हाटमा बिक्री गर्न सक्ने भएकाले किसानलाई व्यवसायिक रुपमा जोड्न हाट बजारले मद्दत मिल्ने हेटौंडा १६ नम्वर वडा अध्यक्ष रामकृष्ण कोइरालाले बताए । स्थानीय कृषि उपज हाटबजारमै बिक्री हुने हुँदा किसानलाई आर्थिक रुपमा सबल हुन सहयोग पुग्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya