हेटौंडा, दिब्य सेवा निकेतन आश्रम, हेटौंडा–१५ मा मंगलबार जेष्ठ नागरिक सम्मान तथा खीर खुवाउने कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रम कालिकामाइ टोल विकास आमा समूह हेटौंडा–८ ले आयोजना गरेको हो । कार्यक्रम समूहको अधयक्ष रेनु खड्काको सभाध्यक्षतामा भएको हो ।
कार्यक्रममा आश्रमका केन्द्रिय सदस्य केदार न्यौपाने, टोल विकास संस्थाका अध्यक्ष रामकृष्ण प्रसाद घिमिरेलगायत टोल विकास सदस्य, आमा समूह सदस्य, निलगिरि बाल समूह सह–संरक्षकको सहभागिता रहेको थियो ।







