अधुरो विकास सम्पन्न गर्न गठबन्धनः मोक्तान

हेटौंडा, नेकपा (माओवादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा मकवानपुर २ (क) की प्रदेश सभा सदस्य उम्मेद्वार कुमारी मोक्तानले आफुले जितेर नयाँसँगै अधुरो र अपुरो विकास योजना सम्पन्न गर्ने बताएकी छिन् । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७, सुकौरामा बुधबार लोकतान्त्रिक बाम गठबन्धनद्वारा आयोजित चुनावी सभामा बोल्दै उहाँले मकवानपुरगढीसहित आफ्नो निर्वाचन क्षेत्रको अधुरो विकास योजनाहरु पुरा गर्न प्रतिवद्ध रहेको बताइन् ।

ADVERTISEMENT

‘म गठबन्धनको सबै दल, जनताको साझा उम्मेदवार हुँ,’ उनले भनिन, ‘मसहित गठबन्धनका सबै उम्मेदवारहरुलाई मतदान गरि विजयी गराउन अनुरोध गर्दछु ।’ संविधान र लोकतन्त्रको रक्षाको लागि गठबन्धनमा आबद्ध सबै दलको महत्वपूर्ण भुमिका रहेको भन्दै अब विकास र समृद्धीका लागि पनि गठबन्धन सरकार अति आवश्यक रहेकोमा जोड दिइन्।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु प्रल्हाद लामिछाने, विजय गौतम, मकवानपुर सचिव भीम पाख्रिन, मकवानपुरगढी गाउँपालिका ईन्चार्ज सरोज खनाल, नेपाली काँग्रेसका महासमिति सदस्य माईकल रामचन्द्र अर्याल, नेकपा (एकीकृत समाजवादी)का नेता विष्णु दाहाल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम नेपाली काँग्रेस मकवानपुरगढी गाउँपालिकाका सचिव प्रितमान रुम्बाको अध्यक्षतामा भएको थियो ।

ADVERTISEMENT

यसैबिच, लोकतान्त्रिक बाम गठबन्धन थाहा नगर समितिले घरदैलो कार्यक्रम बुधबार सम्पन्न गरेको छ । नेकपा (माओवादी केन्द्र) की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा मकवानपुर २ (क) की प्रदेश सभा सदस्य उम्मेद्वार कुमारी मोक्तानसहितको टोलीले थाहा ३, बाघेखोला दम्की–थाहा ४ किटेनी चौतारो–दामन हुँदै सिमभन्ज्याङसम्म घरदैलो गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *