निर्माण संघमा ४ सदस्य, ६ सल्लाहकार मनोनित

हेटौंडा, निर्माण व्यवसायी संघ मकवानपुरमा ४ जना सदस्य र ६ जना सल्लाहकार मनोनित भएका छन् । शनिबार हेटौंडामा बसेको दोस्रो कार्यसमिति बैठकले आकाश गोले, रामहरि अर्याल, टाकाराज थापा र अधिरलाल जोशीलाई कार्यसमिति सदस्यमा मनोनित गरेको हो ।

यस्तै सल्लाहकारमा निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष समेत रहेका नेपाली कांग्रेस मकवानपुरका नेता जयराम लामिछाने, कांग्रेस नेता सुनिल दाहालसहित पशुपति रिजाल, सरोज खनाल, नरोत्तम दाहाल र उज्वल चौलागाईंलाई मनोनित गरिएको छ ।

निर्माण व्यवसायी संघको विधान अनुसार ४ जना सदस्य मनोनित गर्न पाउने व्यवस्था रहेको छ । संघका अध्यक्ष बालगोपाल कंडेलको अध्यक्षतामा बसेको बैठकले संघका महासचिव राजेन्द्र चौलागाईंको संयोजकत्वमा विधान संशोधन समिति समेत निर्माण गरेको छ । यस समितिले आवश्यकता अनुसार विधान संशोधनको लागि सुझाव पेश गर्न सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button