मामाघर नेपाललाई जेसीआई हेटौंडाको फर्निचर र खाद्यान्न सहयोग

हेटौँडा, सामाजिक उत्तरदायित्वअन्तर्गत जेसीआई हेटौंडाले मामाघर नेपाललाई फर्निचर, खाद्यान्न तथा सरसफाइका सामग्री सहयोग गरेको छ। जेसीज सप्ताह २०२६ अन्तर्गत बिहीबार हेटौँडा–११, डाङडुङ्गेस्थित मामाघर नेपालमा आयोजित कार्यक्रममा एक थान स्टिल दराज, एक थान स्टिल र्‍याकसहित खाद्यान्न तथा सरसफाइका सामग्री हस्तान्तरण गरिएको हो।

ADVERTISEMENT

आश्रित बालबालिकाको दैनिक जीवनयापन र संस्थाको व्यवस्थापनमा सहजता ल्याउने उद्देश्यले सहयोग प्रदान गरिएको जेसीआई हेटौंडाले जनाएको छ। जेसीआई हेटौंडा वर्ष २०२६ का शाखा अध्यक्ष सन्तोष पराजुलीको सभाध्यक्षता तथा जेसीआई हेटौंडा वर्ष २००४ का पूर्वअध्यक्ष एवं जेसीआई नेपाल वर्ष २००५ का राष्ट्रिय उपाध्यक्ष अरुण राज सुमार्गीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रम संयोजक अशु बानियाँको संयोजनमा भएको हस्तान्तरण कार्यक्रममा मामाघर नेपालका संरक्षक अर्पण पराजुली, रेडियो थाहा सञ्चार हेटौंडाका स्टेशन म्यानेजर गोकुल अधिकारी तथा जेसीआई हेटौंडा वर्ष २०२५ का शाखा अध्यक्ष पंकजदास बानियाँको आतिथ्यता रहेको थियो। जेसीज सप्ताह २०२६ का मूल संयोजक सञ्जय कुमार न्यौपाने र सह–मूल संयोजक विनोद वाग्ले रहेका छन्।
सडक तथा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको उद्धार गरी संरक्षण र पालनपोषण गर्दै आएको मामाघर नेपालमा हाल २४ जना बालबालिका आश्रित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya