नारायणी बहुउद्देश्यीय सहकारी संस्था सम्मानित

हेटौंडा, हेटौंडा ९ मा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सम्मानित भएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२ औँ स्थापना दिवसको अवसरमा नारायणी बहुउद्देश्यीय सहकारी संस्थालाई सम्मान गरेको हो ।

बाग्मती प्रदेश अन्तर्गत बचत ऋण बाहेकको व्यवसाय गर्ने सहकारी संस्थाबाट नारायणी सहकारीलाई सम्मान गरेको हो । कार्यक्रममा सम्मानित भएको संस्था नारायणी बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक महेश अधिकारीले संस्थाको बारेमा जानकारी गराएका थिए ।

यसैगरी हेटौंडा २ मा रहेको जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरले उत्कृष्ट कोरोबार र हेटौंडा ११ मा रहेको बागेश्वरी महिला तथा बचत तथा ऋण सहकारी संस्थाले नियमित कारोबार गरेको भन्दै बैंकले सम्मान गरेको थियो । राष्ट्रिय सहकारी बैंक लिमिटेडले स्थापना दिवसको अवसरमा शनिबार विभिन्न व्यक्ति तथा संघ/संस्थालाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो ।

बैंकले प्रदेश स्तरीय पुरस्कार पाउने सदस्य सहकारी संघ/संस्था र शाखा स्तरमा उत्कृष्ट र नियमित कारोबार गर्ने सहकारी संघ संस्थालाई पनि पुरस्कार वितरण गरेको थियो । बागमति प्रदेशमा आयोजित कार्यक्रमको प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी रहनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button