२८ कैदीबन्दी मतदानमा सहभागी हुँदै

हेटौंडा, भीमफेदी कारागारमा रहेका २८ जना कैदीबन्दीले आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदान गर्दैछन् । उनीहरुले समानुपातिक तर्फ मात्रै मतदान गर्न पाउनेछन् । मतदानका लागि कारागारमै अस्थायी मतदान केन्द्र तोकिएको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिए ।

यसैगरी अर्को अस्थायी मतदान केन्द्र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा स्थापना गरिएको छ । यस केन्द्रबाट मतदानमा नखटिएका कर्मचारी, प्रहरी, सेना, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र मानव सेवा आश्रममा रहेका व्यक्तिहरु गरी ९६६ जनाले भोट हाल्ने व्यवस्था मिलाइएको छ ।

प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा खटिएका ४२० र प्रतिनिधि सभा क्षेत्र नम्वर २ मा खटिएका ३४५ जना कर्मचारीले आफू खटिएकै मतदान केन्द्रबाट भोट हाल्नेछन् ।

निर्वाचनमा २ हजार ९१८ जना कर्मचारी खटिएका पोखरेलले जानकारी दिए । निर्वाचनका लागि मकवानपुरमा १६७ मतदानस्थल र ३६४ मतदानकेन्द्र तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button