गीतकार नीर शाहलाई बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार प्रदान गरिने

हेटौंडा, साहित्य कलाको क्षेत्रमा योगदान पुर्याएकालाई सम्मान गर्दै आएको भीम विराग, सङ्गीत, साहित्य, कला प्रतिष्ठान नेपाल मकवानपुरले यस वर्षको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१ गीतकार नीर शाहलाई प्रदान गर्ने भएको छ ।
प्रतिष्ठानले आज ९आइतबार० पत्रकार सम्मेलन गर्दै पुरस्कारको घोषणा गरेको हो ।

एक लाख राशी रहेको उक्त पुरस्कार भाषा, सङ्गीत, साहित्य, कलामा योगदान पुर्याएको भन्दै शाहलाई प्रदान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिए । प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले उक्त पुरस्कार आगामी माघ १५ गते मंगलबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी गीतकार शाहलाई हस्तान्तरण गर्ने बताए ।

गीतकार शाहका पर्खी बसें आउला भनी.., बादल बनाइदेऊ.., गहिराइमा डुब्दै नडुब.. लगायतका कालजयी गीतहरु छन् ।
साहित्य प्रेमी कनहैया कृष्ण श्रेष्ठले आमाको नामा स्थापना गरेको पुरस्कारबाट यसअघि अम्बर गुरुङ (२०६४), प्रेमध्वज प्रधान (२०६५), भक्तराज आचार्य (२०६६), फत्तेमान राजभण्डारी (२०६७), शान्ति ठटाल (२०६८), दीप श्रेष्ठ (२०६९), प्रकाश श्रेष्ठ (२०७०), न्हुच्छेबहादुर डङ्गोल (२०७१), मीरा राणा (२०७२), कर्म योञ्जन (२०७३), चेतन कार्की (२०७४), दावा ग्याल्मो (२०७७), दीपक जङ्गम (२०७८), किरण प्रधान (२०७९) र राजेन्द्र थापा (२०८०) लाई सम्मान गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button