चुनाव हारेर केही गुमाएको छैनः थापा

हेटौंडा/राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनाव हारेर आफूले केही नगुमाएको बताएका छन् । यस हारलाई उनले केही नगुमाएको तर आफ्ना सपना भने गुमेको बताएका हुन् । जित्नकै लागि भन्दै नेकपा एमालेको सूर्य चुनाव चिन्हबाट मकवानपुर प्रतिनिधि सभा १ का लागि निर्वाचनमा होमिएका थापा तेस्रो भएका हुन् ।

ADVERTISEMENT

सामाजिक सञ्जालमार्फत थापाले आफूले चुनाव हारेर केही नगुमाएको तर हिन्दु राष्ट्र, काठमाडौं जोड्ने सुरुङ मार्ग, नयाँ औद्योगिक क्षेत्र,चक्रपथ बनाउने, हेटौंडा हस्पिटलको स्तरोन्नति गर्ने र विश्वविद्यालय स्थापना गर्ने सपना हारेकोमा भने चिन्ता लागेको बताएका छन् । उनले लेखेका छन्, ‘चुनाव हारेर मैले व्यक्तिगत रूपमा केही गुमाएको छैन। नेपाललाई सर्वधर्म समभाव सहितको हिन्दु राष्ट्र बनाउने सपना कमजोर भएकोमा दुःखी छु। मैले हेटौंडालाई राजधानी त बनाए। तर,काठमाडौं जोड्ने सुरुङ मार्ग,नयाँ औद्योगिक क्षेत्र,चक्रपथ बनाउने, हेटौंडा हस्पिटलको स्तरोन्नति गर्ने र विश्वविद्यालय स्थापना गर्ने सपना
हारेकोमा भने चिन्ता छ ।’

थापाले चुनाव हारेर आफूले केही नगुमाएको बताएका छन् । यस हारलाई उनले केही नगुमाएको तर आफ्ना सपना भने गुमेको बताएका हुन् । जित्नकै लागि भन्दै नेकपा एमालेको सूर्य चुनाव चिन्हबाट मकवानपुर प्रतिनिधि सभा १ का लागि निर्वाचनमा होमिएका थापा तेस्रो भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *