बालजागृतिमा अभिभावक, सञ्चारकर्मी र विद्यार्थीको अन्तरक्रिया

हेटौंडा/हेटौंडा २ मा रहेको बालजागृति अंग्रेजी माध्यमिक विद्यालयले अभिभावक, सञ्चारकर्मी तथा विद्यार्थीबीचको त्रिकोणात्मक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा रेडियो मकवानपुरबाट प्रशारण भैरहेको बाल कार्यक्रम ‘बालजागृति आवाज’ को बिषयमा विद्यार्थी र अभिभावकले प्रशंसा गरेका छन् । त्रिकोणात्मक अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरुले कार्यक्रमको प्रशंसा गरेका हुन् ।

ADVERTISEMENT

कार्यक्रममा बालबालिकाले सञ्चार माध्यमको बिषयमा राखेको जिज्ञासामा पत्रकार सुरेश श्रेष्ठ र रेडियो मकवानपुरका प्रबन्ध निर्देशक आशिष दुलालले जवाफ दिएका थिए । कार्यक्रममा सहभागी अभिभावकहरुले कार्यक्रमका कारण रेडियो सुन्ने र पढ्ने संस्कृतिको विकास भएको बताएका थिए । यसबाट बालबालिकामा सृजनात्मक क्षमताको समेत विकास भएको अभिभावकहरुको भनाई थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल विनोद सुवेदीले शिक्षणसंगै मिडिया, खेलकुद लगायतका विविध विषयलाई समेत प्राथमिकता दिएर अघि बढेको जानकारी दिए ।

पछिल्लो समय सामाजिक सञ्जालको कारण पत्रपत्रिका पढ्ने, टिभी हेर्ने, रेडियो सुन्ने क्रममा कमी आएको भन्दै उनले सत्यतथ्य जानकारीका लागि मिडियाको भूमिका महत्वपूर्ण रहेको बताए । उनले रेडियो मकवानपुरबाट प्रशारण भैरहेको कार्यक्रम बालजागृति आवाजको प्रशंसा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *