रासायनिक मलको अभावमा किसानहरुको विरोध प्रदर्शन

हेटौंडा/उत्तरी मकवानपुरका किसानहरुले विहीबार थाहा नगरपालिकाको कार्यकक्ष घेराउ गरेका छन् । रासयनिक मलको अभाव खेपिरहेको थाहानगरका किसानहरुले समयमै रासायनिक मलको व्यवस्था थाहा नगरपालिकाले गर्नुपर्ने माग राख्दै विहीबार कार्यकक्ष घेराउ गर्नुका साथै विरोध प्रदर्शन गरेका थिए । थाहा नगरका किसानहरुले किसानलाई आवश्यक रासायनिक मल सहज आपूर्ति गर, किसान मार्न पाइदैनलगायतका नारा लगाएका थिए ।

ADVERTISEMENT

आलु लगाउने समय नजिकिँदै गर्दा पनि पर्याप्त रूपमा रासायनिक मल खरिद गर्न नपाएपछि थाहानगरका किसानहरुले विरोध प्रदर्शन गरेका हुन् । तरकारी खेतीको पकेट क्षेत्रको रुपमा परिचित थाहाका किसानले आवश्यक मल नपाउँदा पीडामा परेको भन्दै नगरपालिकालाई दबाब दिने उदेश्यले कार्यालयमा प्रदर्शन गरिएको किसान हकहित संघर्ष समितिले जनाएको छ ।
यता थाहानगरपालिका उपप्रमुख भरत गोपालीले थाहानगरमा आएको मल समानुपातिक रुपमा वितरण भइरहेको बताए । नगर क्षेत्रका लागि कोटामा आउने अनुदानको मल भन्दा माग बढी भएकोले मल पु¥याउन कठिन भएको थाहानगरपालिका मेयर विष्णु विष्टले बताए ।

थाहानगरका किसानहरुको माग बमोजिम रसायनिक मल ल्याउनका निम्ति पहल गर्ने उनले बताए । माग अनुसारको सबै कोटा प्राप्त नभईसकेकोले अहिले अभाव देखिएको भएपनि कोटा अनुसारको मल ल्याउन र कोटा बढाउन समेत प्रयास भईरहेको थाहा नगरपालिका कृषि शाखाका प्रमुख सञ्जय तिवारीले जानकारी दिए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *