सहकारीकर्मी भीमसेन पौडेलद्वारा छात्रवृति प्रदान

हेटौंडा, सामाजिक क्षेत्रमा क्रियाशिल सञ्चारकर्मी एवम सहकारीकर्मी भीमसेन पौडेलले सहकारीको २६ औं वार्षिक साधारणसभाको अवसरमा २ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेका छन् । पौडेलले आफनो धर्मपत्नी दुर्गादेवी पोडेलको स्मृतिमा स्थापना गरेको स्वर्गीय दुर्गादेवी पौडेल स्मृति छात्रवृति नवज्योति मावि, हेटौडा–७ मा कक्षा ७ मा अध्ययनरत सिजन दोङ र कक्षा ६ मा अध्ययनरत लक्ष्मी मैनालीलाई जनही ५ हजारका दरले प्रदान गरेका हुन् । उक्त रकम स्वर्गीय पौडेलकी छोरी रोशनी पौडेल, छोराहरु रोहित पौडेल र रोशन पौडेलले प्रदान गरेका थिए ।

ADVERTISEMENT

पौडेलले जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा अक्षय कोष स्थापना गरि त्यसबाट प्राप्त हुने ब्याज वापतको रकमले छात्रवृति प्रदान गरेका हुन् । १ लाख २५ हजारको अक्षय कोषलाई बढाएर पौडेलले आज २५ हजार थप गरि १ लाख ५० हजार पु¥याउनु भएको छ । कोषलाई प्रत्येक वर्ष थप गर्दै ५ लाख पु¥याउने योजना रहेको पौडेलले बताए । यसैगरी हेटौडा–६ चौ्रघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २६ र्औ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।

साधारणसभामा संस्थाका अध्यक्ष हिमाल पौडेलले संस्थागत प्रतिवेदन, उपाध्यक्ष श्यामप्रसाद भट्टराईले ऋण समितिको प्रतिवेदन, कोषाध्यक्ष चेतनाथ खतिवडाले लेखा परिक्षण प्रतिवेदन र लेखा संयोजक दिपनराज आचार्यले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । संस्थाले साधारणसभाको अवसरमा विभिन्न व्यक्तिहरुलाई पुरस्कृत गरेको छ । संस्थाले सञ्चारकर्मी कपिल खड्का, ज्येष्ठ शेयर सदस्य कृष्ण नेपाल, सावित्री देवी ढुङगााना, मासिक बचतकर्र्ता रामचन्द्र सापकोटा,गोमा सापकोटा,असली कारोवारी शान्ता कुमारी डंगोल, रोम प्रसाद सापकोटा,उद्यमी ब्यवसायी सुशिला कुमारी श्रेष्ठ र दुर्गा बहादुर श्रेष्ठलाई पुरस्कृत गरेको छ । यसैगरि संस्थाले सदस्यता वृद्धि गर्ने कृष्ण आचार्य, संस्थापक शेयर सदस्य नवराज अर्याल, सुन्दरा अर्याल,बाल बचतकर्ता हिमाल अधिकारी, अनुसुया दाहाललाई पुरस्कृत गरेको छ । साधारणसभामा पशुपतिनाथ उपसमूह, दम्पती सम्मान र २०७८ सालको एसईइमा उत्कृष्ट अंक हासिल गर्ने शेयर सदस्यहरुका छोराछोरीहरु समेतलाई पुरस्कृत गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya