नेपाल राष्ट्रिय शिक्षक संगठनको चार पालिकामा भेला

हेटौंडा, नेपाल राष्ट्रिय शिक्षक संगठनले चार पालिकामा महिला शिक्षक भेला कार्यक्रम सम्पन्न गरेको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठनले संगठन सुदृढीकरण, महिला शिक्षकहरुमा नेतृत्व बिकास र जिम्बेवारिको बोध तथा लैङ्गिक हिंसा सम्बन्धी बिबिध कार्यक्रम गर्दै बागमती, थाहा,बकैया र मनहरिमा गरी चार पालिकामा भेला सम्पन्न गरेको हो ।

ADVERTISEMENT

नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती गाउँ समितिको आयोजनामा पालिका स्तरिय महिला शिक्षक भेला प्रमिला राईको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समिति मकवानपुरका अध्यक्ष श्रीराम दाहालको प्रमुख आपतिथ्यता रहेको थियो । , जिल्ला सह सचिव चन्द्रादेवि लामा लगाएत बागमती इन्चार्ज विश्राम सिंजालि, बागमती का।स। अध्यक्ष देवराज राना मगर, उपस्थितिमा कार्यक्रम भव्यरूपमा सम्पन्न भयो । भेलाले प्रमिला राईको संयोजकत्वमा १३ सदस्यीय महिला विभाग गठन गरेको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर समितिको आयोजनामा नगरपालिका स्तरिय महिला शिक्षक भेला रुपचन्द्र गोपालीको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समिति मकवानपुरका सचिव मुकुन्द न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । जिल्ला सदस्य सबिता लामिछाने तथा थाहा नगर इन्चार्ज रमेशमान डङ्गोललगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो । उक्त भेलामा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महेश कुमार बर्तौलाज्यूलाई बधाई ज्ञापन गरिएको थियो । भेलाले गिता थापा मगरको संयोजकत्वमा १५ सदस्यीय महिला विभाग गठन गरेको छ ।

त्यस्तै बकैया गाउँपालिका कमिटिको आयोजनामा बुद्ध मावि बकैया(३ हात्तीसुँडेमा महिला भेला सम्पन्न भएको छ।बकैया गाउँपालिकाका अध्यक्ष हरिहर खनालको सभाध्यक्षता तथा सङ्गठन जिल्ला कमिटीका उपाध्यक्ष तथा जिल्ला महिला विभाग प्रमुख प्रतिमा गौतमको प्रमुख आतिथ्यता साथै अतिथिहरुमा नेकपा एमाले जिल्ला कमिटी सदस्य निर्माया भोम्जन, शिक्षक सङ्गठन जिल्ला सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख डीबी बर्तौला,जिल्ला सदस्य तथा बकैया पालिका इन्चार्ज प्रेमबहादुर भोम्जन,जिल्ला सदस्य तथा हेटौंडा नगरपालिका इन्चार्ज बालकुमार श्रेष्ठ , सङ्गठनका बागमती प्रदेश प्रतिनिधिहरु उद्धवप्रसाद सापकोटा र सीता खनालको उपस्थिति रहेको थियो।कार्यक्रममा रति गुरुङको अध्यक्षतामा ९ सदस्यीय बकैया पालिकास्तरीय महिला विभाग गठन भएको थियो।

ADVERTISEMENT

कार्यक्रममा सङ्गठनको सदस्यता नवीकरण ,शिक्षक हित साकोसको १३ औं वार्षिक साधारण सभाको बारेमा जानकारी तथा सहकारीको पालिकास्तरीय उपसमिति निर्माण र जिल्ला महिला भेला यही पुस ३ गते हुने बारेमा सङ्गठनका अध्यक्ष श्रीराम दाहाल बताउनु भयो।त्यस्तै सङ्गठनका सचिव मुकुन्द न्यौपानेले संगठन सुदृढीकरण, महिला शिक्षकहरुमा नेतृत्व बिकास र जिम्बेवारीको बोध हुनु पर्ने कुरामा जोड दिनु भयो।साथै उपाध्यक्ष प्रतिमा गौतमले महिला हिंसाको अन्त्य गराउन महिला शिक्षकको भूमिका अत्यन्त सशक्त हुनु पर्ने कुरामा जोड दिदै सङ्गठनलाई मजबुत बनाइ अगाडि बढ्न आग्रह गरिएको जिल्ला प्रचार विभाग प्रमुख डीबी बर्तौलाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *