बागमती प्रदेश खेलकुद परिषद्मा ६ सदस्य नियुक्त

हेटौंडा, बागमती प्रदेश खेलकुद विकास परिषद्को रिक्त ६ सदस्य नियुक्त गरिएको छ । गत मंगलबारको मन्त्रीस्तरिय निर्णयअनुसार परिषद्मा ६ जना सदस्य नियुक्त गरिएको हो ।

ADVERTISEMENT

प्रदेशको सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले सत्ता साझेदार दल एमाले र कांग्रेसबाट ३-३ जना गरी ६ जना सदस्य नियुक्त गरेकी हुन् । प्रदेशमा विभागीय युवा तथा खेलकुद मन्त्रालय रहे पनि कानुन संशोधन नहुँदा सो मन्त्रालयको अधिकार प्राप्त हुन सकेको छैन । जसका कारण कानुनी व्यवस्थाअनुसार सामाजिक विकास मन्त्री खड्गीले परिषद्मा ६ सदस्य नियुक्त गरेकी हुन् ।

खेलकुद संघ संस्था, खेल विज्ञ र अपांगता कोटाबाट सदस्य नियुक्त गरिएको हो । जसमा खेलकुद संघ संस्थाबाट एमालेका तर्फबाट दोलखाकी अन्जना शिवाकोटीलाई, खेल विज्ञका रुपमा ललितपुरकी दिपा क्षेत्री र अपांगता कोटामा काभ्रेका गोविन्दलाल श्रेष्ठलाई नियुक्त गरिएको छ ।

ADVERTISEMENT

यस्तै खेलकुद संघ संस्थाबाट कांग्रेसकातर्फबाट मकवानपुरका अमृत लुङ्वा, खेल विज्ञबाट सविन भट्चार्य र सिन्धुपाल्चोकका राजन धिताललाई नियुक्त गरिएको छ ।

यसअघि गत १० मंसिरमा प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट चारजना सदस्य नियुक्त भएका थिए । मन्त्रिपरिषद्ले कांग्रेस र एमालेबाट २-२ जना सदस्य नियुक्त गरिएको थियो । कांग्रेसबाट रवि महर्जन, कल्पना खड्का नियुक्त हुँदा एमालेबाट नविना खनियाँ र सविन श्रेष्ठ नियुक्त गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *