पुस २५ गतेबाट चित्लाङमा भलिबल प्रतियोगिता हुने

हेटौंडा, स्वच्छन्द भैरव युवा क्लवको आयोजनामा थाहा नगरपालिका वडा नम्वर ९ स्थित चित्लाङमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

ADVERTISEMENT

प्रतियोगिताको लागि पुस २४ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने भनेर क्लवले सूचना जारी गरेको छ । युवाहरुलाई भलिबल खेलतर्फ जागरुक बनाउने उद्देश्यले हरेक वर्ष स्वच्छन्द भैरव युवा क्ल्वले प्रतियोगिता आयोजना गर्दै आइरहेको अध्यक्ष पुण्यमान बलामीले जानकारी दिए । गतवर्ष २७ वटा टिमले सहभागिता जनाएको प्रतियोगिताको विजेता बज्रबाराहीको कोटदरबार भएको थियो ।

गतवर्ष प्रथम पुरस्कार ५१ हजार, द्वितीय पुरस्कार २५ हजार र तेस्रो पुरस्कार १५ हजार रुपैयाँ दिएकोमा यसवर्ष पुरस्कारको राशिमा वृद्धि गर्ने लक्ष्य रहेको उनले बताए । पुस २२ गते सम्म प्रतियोगिताको लागि १० वटा टिमले दर्ता गरिसकेको उनले बताए। माघ १ गतेसम्म आयोजना हुने प्रतियोगितामा करिव ४ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

स्वच्छन्द भैरव युवा क्लवले आयोजना गर्न लागेको यो प्रतियोगिता २७ औँ संस्करण हो । प्रतियोगिताको उद्घाटन थाहा नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष राजकुमार बलामीले गर्ने छन् भने समापन मकवानपुर प्रतिनिधी सभा सदस्य महेश बर्तौलाले गर्ने आयोजकले जनाएको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *