हेटौंडा/ भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस २०२२ को अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको आयोजनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विनोद भट्टराईले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सिडिई मोहदत्त भट्टले कार्यपत्र प्रस्तुत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा आयोगको कार्यालय हेटौंडाबाट सम्पादन भएका काम कारबाहीहरू तथा भ्रष्टाचार न्यूनिकरण एवम् सुशासन प्रवर्धनका सन्दर्भमा भएका प्रगति स्थितिबारे जानकारी गराएका थिए ।
भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको राज्यको नीति अनुरूप आयोगले आÇनो दायित्व निर्वाह गर्न प्रवर्द्धनात्मक, निरोधात्मक, उपचारात्मक तथा संस्थागत क्षमता विकासको रणनीति अवलम्बन गरिरहेको जानकारी गराउँदै उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन स्थापना गर्न सके मात्र समग्र शासन प्रणाली संस्थागत हुने कुरा गरेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका कार्यालयका कार्यालय प्रमुख नरहरि घिमिरेले भष्ट्राचार नियन्त्रणको कार्यमा सबै क्षेत्रको साथ र सहयोग रहेमा मात्रै अनुसन्धानको कार्य प्रभावकारी हुने भन्दै सुशासन प्रवर्धनको लागि सबैको ऐक्यवद्धता आवश्यक रहेको बताए ।







