ब्लोनले लगाइन् आफ्नै शरीरमा आगो

हेटौंडा/मकवानपुरको राक्सिराङ गाउँपालिकाका एक महिलाले श्रीमानसँग झगडा हुँदा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छिन् । राक्सिराङ गाउँपालिका–३ पलाँसेका ३३ बर्षीया रिना ब्लोनले आफ्नै शरीरमा आगो लगाएकी हुन् । आगोले जलेकी उनको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

ADVERTISEMENT

श्रीमान राजेन्द्र थिङसँग झगडा हुँदा उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको जानकारीमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गम्भीर घाइते भएकी रिनाको काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya