क्यान्सर रोगसम्बन्धी अनुशिक्षण कार्यक्रम

हेटौंडा, हेटौंडा १३ पदमपोखरीमा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थाले ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शेयर सदस्यलाई क्यान्सर रोग सम्बन्धी अनुशिक्षण दिएको छ ।

ADVERTISEMENT

सहकारी संस्थाको आयोजना तथा हेटौंडा स्थित सञ्चो हस्पिटलको प्राविधिक सहयोगमा मानिसहरुमा लाग्ने विभिन्न क्यान्सर रोग सम्बन्धी जानकारी दिइएको थियो । संस्थाका अध्यक्ष विष्णुमाया लामाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगर वडा १३ का अध्यक्ष पेम्बा लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

हेटौंडा उपमहानगरका स्वास्थ्य शाखा प्रमुख भोलाप्रसाद चौलागाईले विशेषगरि महिलामा हुने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर सहित अन्य क्यान्सर रोग र त्यसबाट बच्ने विधिबारे प्रशिक्षण दिएका थिए । कार्यक्रममा ३५ जना महिलाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा जैविक मल तथा विषादी बनाउने तालिमका प्रशिक्षक ध्रुव भुजेल, सञ्चो अस्पतालका मार्केटिङ म्यानेजर निमेष लम्साल, प्रशिक्षक एंव हेटौंडा उपमहानगरका स्वास्थ्य शाखा प्रमुख भोलाप्रसाद चौलागाईलगायतको आतिथ्यता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *