प्रदेशस्तरीय अन्तरक्रिया गोष्ठी हेटौंडामा सुरु

हेटौंडा, बागमती प्रदेश सहकारी विकास बोर्डको आयोजनामा सहकारी क्षेत्रमा देखिएका समस्या र निराकरण विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम मङ्गलबारबाट हेटौंडामा सुरु भएको छ । दुईदिन सम्म सञ्चालन हुने गोष्ठीको उद्घाटन प्रदेश पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले गरेका हुन् ।

ADVERTISEMENT

कार्यक्रममा रािष्ट्रय सहकारी महासंघ लिमिटेड नेपालका अध्यक्ष मिनराज कंडेलले सहकारी क्षेत्रमा देखिएको समस्या र निराकरणका लागि सरोकारवालाहरुको भूमिका र छाता संघहरुको दायित्व विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले गरिबी न्यूनिकरण तथा सदस्यहरुको आर्थिक उन्नतिमा सहकारीको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कुन)का अध्यक्ष परितोष पौड्यालले बचत सहकारीमा देखिएका समस्या र त्यसको समाधान उपायका लागि सरकार र अभियानको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाले गोष्ठीको उद्देश्य र प्रदेश सहकारी बोर्डले सम्पादन गर्ने कामहरुको बारेमा प्रस्तुती दिएका थिए । बुधबार हेटौंडाबाट घोषणापत्र जारी गर्दै कार्यक्रम समापन गरिने जनाइएको छ । मन्त्रालयका सचिव गोविन्द प्रसाद रिजाल, सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष एंव संविधान सभा सदस्य ओमदेवी मल्ल, नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमराज पाठक, नेफ्स्कुन वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, प्रदेश सहकारी संघको अध्यक्ष रामशरण घिमिरेले मन्त्व्य व्यक्त गरेका थिए।

कार्यक्रममा प्रदेश सहकारी रजिष्ट्रार राधाकृष्ण खतिवडा, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा, सहकारी महासंघका पुर्व सञ्चालक बद्री प्रसाद लम्साल लगायतको आतिथ्यता रहेको थियो । बागमती प्रदेश सहकारी विकास बोर्डको कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *