सहकारीले कोपोमिसमा समष्टिगत विवरण अनिवार्य भर्नुपर्ने व्यवस्था

हेटौंडा, सहकारी संघ संस्थाले अनिवार्य रुपमा असार महिना भित्र कोपोमिसमा समष्टिगत विवरण फारम भर्नुपर्ने भएको छ ।आर्थिक वर्ष २०७९र८० को असार मसान्त र प्रत्येक आर्थिक वर्षको माघ मसान्त भित्र अनिवार्य रुपमा समष्टिगत विवरण भर्नुपर्ने निर्णय सहकारी विभागले गरेको छ । सहकारी विभागको जेठ ९ गते निर्णय गर्दै सहकारीको तथ्यांक र विवरण संकलन गर्नको लागि समष्टिगत विवरण अनिवार्य रुपमा भर्नुपर्ने व्यवस्था गरेको हो ।

ADVERTISEMENT

समष्टिगत विवरण भर्न सहकारी विभागले मंगलबार देखि कोपोमिसमा लाईभ गर्ने सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । युजर र पासवर्ड नलिएका सहकारीले तत्काल लिई विवरण भर्नुपर्ने उनको भनाई छ । इमान्दारिता पूर्वक विवरण भर्न सम्पूर्ण सहकारीलाई रजिष्ट्रार पण्डितले आग्रह गरेका छन् । समष्टिगत विवरणमा सहकारी संस्थाको नाम, फोन, सम्पर्क, सदस्य, सेयरपुँजी, कर्मचारी, बचत, कर्जा लगानी लगायतको सामान्य कुराहरु प्रविष्ट गर्नुपर्ने हुन्छ ।

सहकारी विभागले सहकारी महासंघ, सम्पूर्ण केन्द्रीय संघ, जिल्ला संघ, विषयगत जिल्ला संघका आवद्ध सदस्यहरुलाई विवरण भराउने कार्यमा सहयोग गर्न समेत अनुरोध गरेको छ ।इमान्दारपूर्व विवरण नभर्ने सहकारीको हकमा कानूनी व्यवस्थाको परिपालनामा विभाग अघि बढ्ने रजिष्ट्रार पण्डितले बताए । सहकारी संस्थाहरु अनिवार्य रुपमा कोपोमिसमा आवद्धता जनाउनुपर्ने कानुनी व्यवस्था छ । यसका साथै प्रत्येक महिनाको ७ गतेभित्र मासिक विवरण, प्रत्येक चौमासिक अवधि व्यतित भएको १५ दिन भित्र चौमासिक र प्रत्येक आर्थिक वर्ष व्यतित भएको ३० दिन भित्र वार्षिक वित्तीय प्रतिवेदन पेश गर्नुपर्ने कानुनी व्यवस्था छ ।स्रोतः अनलाइनको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *