हेटौंडा, रोटरी क्लब अफ मकवानपुरले बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ।हेटौंडा–६ स्थित बंशगोपाल माध्यमिक विद्यालयमा शनिबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो । रोटरी क्लब अफ मकवानपुरको अध्यक्ष अन्जनी कुमार पराजुलीको सभाअध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा– ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता रहेको थियो।

निको अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा ६ जना स्वास्थ्यकर्मीको टिमले ५०० जना बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो ।हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडाको आर्थिक सहयोगमा भएको स्वास्थ्य शिविरमा रोट्र्याक्ट क्लब अफ मकवानपुर र सिटिजन बैंकको सहयोग रहेको थियो।
जसमा सामान्य चिकित्सा, नाक कान घाँटी, जनरल सर्जरी, नसा तथा हाडजोर्नी, दाँतसम्बन्धी रोगको साथै मधुमेहको निःशुल्क रक्त परीक्षण गरिएको पराजुली जानकारी दिए । परीक्षणको क्रममा स्वास्थ्य समस्या देखिएका व्यक्तिलाई निको अस्पतालमा उपचारका लागि रिफर गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी दाहालले रोटरी संग सहकार्य गरि वडा वासिलाइ स्वास्थ्य सेवा दिन पाएकोमा खुसी व्यक्त गर्दै रोटरी क्लबलाई धन्यवाद दिएका थिए। मुख्यगरी शिक्षा, स्वास्थ्य र खानेपानी रोटरी क्लबको कार्यआयोजना अन्तर्गत अग्रस्थानमा रहेको र क्लबको वार्षिक कार्य योजना अनुसार स्वास्थ्य कार्यक्रम लगायत विभिन्न सामाजिक काम गर्ने गरि वार्षिक योजनाका रुपमा काम गर्दै आएको क्लबका अध्यक्ष पराजुलीले बताए। कार्यक्रममा बंशगोपाल माध्यामिक विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद लामिछाने , विद्यालय संचालक समितीका अध्यक्ष श्याम प्रसाद श्रेष्ठ , वडा प्रहरी, १३ वटा टोलविकास समितिका प्रतिनिधिहरु,६ नम्बर वडा सचिब आमोदप्रसाद मैनाली, रोटरी क्लब र रोट्र्याक्ट क्लबका पुर्व अध्यक्ष,सदस्य लगायतको उपस्थिति रहेको थियो।






