एउटै मञ्चमा ९ जना स्रष्टा सम्मानित

हेटौँडा, भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले शनिबार ९ जना स्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठानले शनिबार एक औपचारिक कार्यक्रम गरी साहित्य, संगीत, कला र पत्रकारिता गरी ९ विधामा पुरस्कार प्रदान गरेको हो ।

ADVERTISEMENT

प्रतिष्ठानद्वारा स्थापित भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० बाट मधुपर्कका पूर्वसम्पादक जयदेव भट्टराई सम्मानित भएका छन् । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले सम्मानित तथा पुरस्कृतहरुलाई सम्मान गर्नुभएको थियो । यस्तै, कार्यक्रममा भीम विराग राष्ट्रिय साहित्य पुरस्कार २०८० बाट सुनसरीका साहित्यकार कुन्ता शर्मालाई, भीम विराग राष्ट्रिय कला पुरस्कार २०८० मकवानपुरका कलाकार बिएस रानालाई, भीम विराग राष्ट्रिय सङ्गीत पुरस्कार २०८० मकवानपुरकै सङ्गीतकार लाल श्रेष्ठलाई प्रदान गरेको छ ।

हेटौँडा उपमहानगरपालिकाको सहयोगमा कला साधन भीम विरागको नाममा पहिलो पटक प्रदान गरिएको चार वटै राष्ट्रिय पुरस्कारको राशि २५ हजार रुपियाँ र प्रमाणपत्र रहेको छ । यसैगरी, २० हजार रुपियाँ राशिको रामकृष्ण बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार २०८० लोक गायिका पम्फा थापा मगरलाई प्रदान गरिएको छ ।

शिला नारी पुरस्कार २०८० खेलाडी निरु मगरलाई, तुलसीमाया(शिवकुमारी सिर्जनशील नारी पुरस्कार २०८० गीतकार मञ्जु खराललाई, मङ्गलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार २०८० स्वास्थ्यकर्मी सीमा मिश्रलाई र अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार २०८० दृष्टिविहीन शिक्षिका अञ्जु धिताललाई प्रदान गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठको अध्यक्षता तथा नगरप्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष ह्यग्रीव आचार्य, उपाध्यक्ष श्यामकुमार बानियाँ, मञ्जु खराल, आँचल साहित्य कला पुञ्जका अध्यक्ष भावना सापकोटा, विनोद बानियाँलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya