वडाध्यक्ष रायमाझीको पहलमा अशक्त बालिकालाई ह्विलचेयर प्रदान

हेटौंडा, थाहा नगरपालिका वडा न ३ की स्थानीय बासिन्दा ९ वर्षीय सुप्रीया लिम्बुलाई ह्विलचेयर सहयोग गरिएको छ।

ADVERTISEMENT

थाहा नगरपालिका वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको पहलमा ग्लोबल डेभलपमेन्टल डिले बच्चाको उमेर अनुसार वृद्धि बिकास नभएको GDD with epilepsy भएको नानीलाई ह्विल चेयर प्रदान गरिएको प्रशामक सेवा संयोजक चिनिया लामाले बताए।

वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी,चेतनशील महिला सहकारीका अध्यक्ष शकुन्तला गोपाली,रिटर्नी सेन्टरका नगर संयोजक सुजन लामा,थाहा नगरपालिकाका प्रेस संयोजक शम्भु अधिकारी,सहितको टोलि घरमै पुगी ह्विल चेयर हस्तान्तरण गरेका थिए।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *