हेटौँडा, नेपाल जेसीज वर्ष २०२६ को कार्यकारिणी उपाध्यक्ष पदमा हेटौँडाका विकेशलाल श्रेष्ठ निर्वाचित भएका छन् ।
नेपाल जेसीजको केन्द्रीय महाधिवेशन अन्तर्गतको जनकपुरमा आज सम्पन्न निर्वाचनबाट हेटौँडाका श्रेष्ठ कार्यकारिणी उपाध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । श्रेष्ठ हेटौंडा जेसीज वर्ष २०२४ का शाखा अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२५ का राष्ट्रिय महासचिवको जिम्मेवारी सम्हालिसकेका छन्।
जनकपुर महाधिवेशनले सन २०२६ का लागि नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा जीवन कार्कीलाई निर्वाचित गरेको छ भने कार्यकारीणी उपाध्यक्षमा हेटौँडाका श्रेष्ठ सहित नवराज उपाध्याय, सपना पौडेल भण्डारी र योगेश राजबंशी निर्वाचित हुनु भएको छ । त्यस्तै उपाध्यक्षहरुमा देबु बानियाँ, मेनुका ओली, दिपेस बराइली, अमन महर्जन, खगेन्द्र भण्डारी, विदुर थापा, सुरेन्द्र श्रेष्ठ, एन्जीला खड्का, रुपक बहादुर बिष्ट, सन्दिप भुषाल, आरोग्य श्रेष्ठ र अनिष भट्टराई निर्वाचित भएका छन ।
नेपाल जेसीजको महासचिव, कोषाध्यक्ष, कानूनी सल्लाहकार जस्ता पद अध्यक्षले मनोनयन गर्ने वैधानिक व्यवस्था रहेको छ ।






