डा. महेश मास्केलाई पारिजात स्मृति सम्मान प्रदान

हेटौंडा, ३१ औँ पारिजात स्मृति दिवसको अवसरमा साहित्य सङ्गम मकवानपुरले बुधबार विशेष कार्यक्रमको आयोजना गरेको छ । हेटौंडा १० बसपार्कमा रहेको पारिजातको प्रतिमामा माल्यार्पण गर्नुका साथै पारिजात स्मृति सम्मान पनि प्रदान गरेको छ ।

ADVERTISEMENT

साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष फुर्वा लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पारिजात स्मृति केन्द्रका पूर्व अध्यक्ष तथा अग्रज साहित्यकार डा.महेश मास्केज्यूलाई नगद १५ हजार ५ सय ५५ रुपैयाँसहित पारिजात स्मृति सम्मान प्रदान गरेको छ । मास्केले सम्मानित रकम र त्यति नै रकम थपेर ३१ हजार १ सय १० रुपैयाँ सङ्गमको अक्षयकोष निर्माणमा सहयोग गरेका छन् ।

सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले सम्मानित श्रष्टाका व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए । कार्यक्रममा साहित्यकार जनार्दन खनाल, भवानी तिमल्सिना र रजनी पौडेलले पारिजातसम्बन्धि कविता वाचन गरेका थिए । कार्यक्रममा मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानका उपकूलपति विश्वराज जोशी, प्रज्ञा प्रतिष्ठान काव्य विभागकी सदस्य शान्तिप्रिय वन्दनालगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya