पुस २९ गतेबाट शिक्षक भलिबल प्रतियोगिता

हेटौंडा/आगामी पुस २९ गतेबाट जिल्ला स्तरिय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोट्स एकेडेमीको आयोजनामा हुने उक्त प्रतियोगिता हेटौंडा–४ हुप्राचौरको भलिबल कोर्टमा हुनेछ । एकेडेमीले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै मुख्य प्रायोजकमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ को कार्यालय रहेको जानकारी दिएको हो ।

ADVERTISEMENT

प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितिय हुने टिमले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने एकेडेमीका खेल संयोजक राजाराम पोखरेलले बताए । त्यस्तै तृतिय हुने टिमले नगद ५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ३ हजार रुपैयाँ रहेको छ भने उत्कृष्ट सेटर र उत्कृष्ट स्पाइकरलाई समान २/२ हजार रुपैयाँ र अनुशासित टिमलाई बल र नेटद्वारा पुरस्कृत गरिने उनले बताए ।

शिक्षकहरुको सहभागिता रहने प्रतियोगितामा टिम इन्ट्रीका लागि २ हजार रुपैयाँ रहेको छ । हेटौंडा–४, हुप्रचौरको भलिबल कोर्टमा हुने प्रतियोगिताको कुल खर्च १ लाख ९२ हजार रुपैयाँ लाग्ने पोखरेलले बताए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *