नेपाल पत्रकार महासंघ मकवानपुरलाई मिडिया कप फुटसल उपाधि

हेटौंडा, हेटौंडामा भएको मिडिया कप फुटसल प्रतियोगिताको उपाधि नेपाल पत्रकार महासंघ मकवानपुरले जितेको छ । रेडियो मकवानपुरको १५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित मैत्रीपूर्ण ‘मिडिया कप’ फुटसल प्रतियोगिताको उपाधि नेपाल पत्रकार महासंघ मकवानपुरको टिमले जितेको हो ।

ADVERTISEMENT

सोमबार भएको खेलमा थाहा–नवयुग मिडियालाई १२–० गोल अन्तरले पराजित गर्दै पत्रकार महासंघ मकवानपुरले पाचौँ संस्करणको उपाधी चुमेको हो । खेलको पहिलो हाफमा महासंघको टिमले थाहा–नवयुग विरुद्ध ५ गोल गरेको थियो भने दोस्रो हाफमा थप ७ गोल गरेको थियो । पत्रकार महासंघ मकवानपुरका कार्य समिति सदस्य गणेश दुलालको नेतृत्वमा रहेको महासंघको टिमलाई सचिव केशव समर्पणले व्यवस्थापन गर्नुभएको थियो । त्यसअघि महासंघको टिमले आयोजक रेडियो मकवानपुरलाई ३–२ ले हराएको थियो भने उपविजेतामा सिमित भएको थाहा/नवयुग मिडियाले बागमती एक्सप्रेसलाई २÷१ गोल अन्त्रले पराजित गरेको थियो ।

प्रतियोगितामा ४ वटा टिमहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको लागि नाम दर्ता भएका थप ४ टिम सहभागि भएका थिएनन् । प्रतियोगिता आयोजनाका लागि बागमती प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेश र हेटौंडा उपमहानगरपालिकाको पनि सहयोग रहेको छ ।

ADVERTISEMENT

गत वर्ष भएको चौंथो संस्करणको फुटसल प्रतियोगिताको उपाधि टिम एन्ट्रान्सले जितेको थियो । प्रतियोगिताको उपाधि विजेता पत्रकार महासंघ र उपविजेता नवयुगको टिमलाई मंगलबार रेडियो मकवानपुरको वार्षिकोत्सवको समापन कार्यक्रम नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya