नवोदय विद्यालयको दशैँ कार्यक्रम

हेटौंडा/हेटौंडा-४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम बिहीबार भएको छ । कार्यक्रममा १३ जना विद्यार्थीले एक÷एक अध्याय चण्डी पाठ पढ्नुका साथै विजया दशमीमा गरिने विभिन्न क्रियाकलापहरुसमेत प्रस्तुत गरेका थिए ।

ADVERTISEMENT

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक दुर्गाप्रसाद भट्टराईले कुभिन्डोको बलि दिएका थिए । विद्यालयका नेपाली विषयकासुपरिवेक्षक सिएम रिमालले पण्डितको भूमिका निर्वाह गरेका थिए ।

विद्यालयका प्रिन्सिपल सकुन्तला जोशीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले गायन, नृत्य प्रस्तुत गर्नुका साथै वातावरणसम्बन्धी नाटकसमेत प्रस्तुत गरेको थियो । विद्यालयका प्रिन्सिपल सकुन्तला जोशी र पुरनबहादुर जोशीले शिक्षक कर्मचारीलाई टीका लगाउँदै आशीर्वाद प्रदान गरेका थिए भने कक्षा शिक्षकले विद्यार्थीलाई टीका लगाएर आशीर्वाद र दक्षिणा प्रदान गरेका थिए ।

धार्मिक संस्कृतिको जगेर्ना गर्न र विद्यार्थीलाई चाडपर्वको बारेमा जानकारी गराउने उद्देश्यले विद्यालयले हरेक वर्ष कार्यक्रम गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya