हेटौँडा अटोमोवाइल्स एशोसिएसनको अध्यक्षमा धर्मराज धिमाल विजयी

हेटौँडा, हेटौँडा अटोमोवाइल्स एशोसिएसनको अध्यक्षमा धर्मराज धिमाल निर्वाचित हुनुभएको छ। आज सम्पन्न एशोसिएसनको २५औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशनअन्तर्गत भएको निर्वाचनमा धिमालले ६९ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी हुनुभएको हो।

ADVERTISEMENT

उनका निकटतम प्रतिद्वन्द्वी दिपेन्द्रकुमार उप्रेतीले ५२ मत प्राप्त गर्नुभयो। यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा जितेन्द्र तिवारी ६७ मतसहित विजयी हुनुभएको छ । उनका निकटतम प्रतिद्वन्द्वी राज अधिकारीले ५१ मत प्राप्त गर्नुभयो। कोषाध्यक्ष पदमा दिपेश खड्गीले ६८ मत प्राप्त गरी विजयी हुनुभएको छ। उनका निकटतम प्रतिद्वन्द्वी उत्तमप्रसाद भण्डारीले ५२ मत प्राप्त गर्नुभयो। वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष दुवै पदमा निर्वाचित पदाधिकारीहरु अध्यक्ष धिमालको प्यानलबाट उम्मेदवार हुनुहुन्थ्यो।

एशोसिएसनको उपाध्यक्षमा डा. गोपिराम बञ्जारा, महासचिवमा सञ्जयकुमार गुप्ता र सचिवमा श्यामप्रसाद कँडेल सर्वसम्मत चयन हुनुभएको छ। यसैगरी सदस्यहरूमा सुजन उप्रेती, देवनारायण दुलाल, मुनालराज न्यौपाने, विकास नेपाल, प्रकाश भट्टराई, रितेश ढकाल, दैवज्ञ सुवेदी र सुबास नेपाल चयन हुनुभएको छ। अध्यक्षमा निर्वाचित भएपछि धिमालले संस्थाको हकहित, अधिकार र व्यवसायिक विकासका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। एशोसिएसनका कानुनी सल्लाहकार तथा अधिवक्ता हेमन्त ढुङ्गेल मुख्य निर्वाचन अधिकृत रहनुभएको थियो भने पूर्व अध्यक्ष सुदेशकुमार श्रेष्ठ र सागर सापकोटाले निर्वाचन अधिकृतको भूमिका निर्वाह गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *