सूर्य चिन्ह केपीले थापालाई बेचे : मुनु

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज मुनु सिग्देलले हालसम्मको प्राप्त उपलब्धी र नेकपा एमालेको सूर्य चिन्ह राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बेचेको बताएकी छिन् ।

ADVERTISEMENT

अगुवा कार्यकर्ता भेलामा उनले अब मकवानपुरका एमाले नेताहरुले कम्युनिष्ट भन्न छोडिदिए हुने बताएकी हुन् । ‘संविधान निर्माणार्थ सुझाव संकलनको क्रममा पल्पसा हलमा नेकपा एमालेका नेताहरुलाई व्यवस्था विरोधीहरुले आक्रमण गर्दा रामेश्वर राना लगायतका नेताहरुलाई मीना लामा र म भएर जोगाएका थियौं । मैले मेरो नेतालाई चोट खानबाट जोगाएको थिएँ, आज त्यही नेताको टिकट खोसेर कुर्सी हान्नेलाई केपी ओलीले टिकट दिए । अहिले एमालेका कार्यकर्ताले त्यस्ता व्यक्तिलाई कसरी भोट मागेर हिंड्न सकेका छन् अचम्म लाग्छ’, सिग्देलले भनिन्, ‘कम्युनिष्टको पगरी गुथेर कमल थापा बोकेर हिंड्नेहरुलाई यस चुनावमा रुखमा छाप लगाएर जवाफ दिनुपर्ने बेला आएको छ ।’

९ पटक निर्वाचन चुनाव उठेर पटक पटक मन्त्री समेत हुँदा समेत जिल्लाको विकासमा सिन्को नभाँचेका दमनकारीलाई एमालेले बोकेर हिंडेको भन्दै उनले मुलुकको आन्दोलन र प्राप्त उपलब्धीको विरुद्धमा जानेहरुलाई ठेगान लगाउने बेला आएको बताइन् । मकवानपुरमा एमालेले एउटा पनि सिट जित्न नसक्ने दावी गर्दै उनले गठबन्धन दल एकढिक्का रहेको बताइन् । ‘मकवानपुरको क्षेत्र नम्बर १ र प्रदेशसभा ‘ख’ मा हामी सबैको साझा उम्मेदवार महालक्ष्मी उपाध्याय डिना र आनन्दराम पराजुली नै हो’, उनले भनिन्, ‘यहाँ हाम्रो अरु कुनै चिन्ह छैन ।

एमालेका साथीहरुले समेत रुखमा मतदान गर्नुपर्छ ।’ केपी ओलीले बेचेको सू्र्य चिन्ह अब एमालेको नभएकोले चुनाव चिन्हलाई माया गरिरहन नपर्ने उनको भनाई थियो । मुलुकलाई जोगाउने हो भने गठबन्धनले जित्न जरुरी रहेको सिग्देलको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya