हेटौंडा,/हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको २७ औँ अभिभावक भेला शनिबार भएको छ । विद्यालयका प्रिन्सिपल सकुन्तला जोशीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयका अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो ।
अभिभावक भेलामा कक्षा ७, ८ र ९ का विद्यार्थीले मारुनी नृत्य, कुर्सीको खेल नाटकलगायत सांस्कृतिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए । त्यसैगरी कक्षा ४, ५ र ६ को अभिभावक भेला , कक्षा १, २ र ३ को अभिभावक भेला र प्राथमिक तहको अभिभावक भेला विभिन्न मितिमा आयोजना गर्ने विद्यालयले जनाएको छ ।
कार्यक्रममा विद्यालयका क्याप्टेन प्रीतिका कार्कीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीले कार्यक्रम सञ्चालन गरेका थिए ।







