मकवानपुर उद्योग वाणिज्य संघको सल्लाहकारमा ८ जना मनोनित

हेटौंडा, मकवानपुर उद्योग वाणिज्य संघको सल्लाहकारमा ८ जना मनोनित भएका छन् । सोमबार बसेको कार्य समिति बैठकले सल्लाहकारमा ८ जना मनोनित गरेको हो ।

ADVERTISEMENT

मनोनित हुनेमा आनन्दराम पराजुली, सरोज खनाल, सन्तोषकुमार अर्याल, नरेन्द्र भण्डारी, नरोत्तम दाहाल, हिरालाल श्रेष्ठ, बालगोपाल कंडेल र ईन्द्र नेपाल रहेका छन् । संघको वरिष्ठ उपाध्यक्षमा दिपक उप्रेतीलाई चयन गरेको छ । यस्तै संघको अध्यक्ष सल्लाहकारमा विष्णुहरि पण्डित र महिला सभापतिमा सीतादेवी भेटवाललाई चयन गरेको छ ।

सोमबार बसेको बैठकले कार्यसमिति सदस्यमा कृष्णप्रसाद घिमिरेलाई मनोनित गरेको छ । मनोनित सदस्यतर्फ महिला कोटाको एकजना बाँकी रहेको संघले जनाएको छ । संघको एशोसियटतर्फको सचिवमा बराबर मत प्राप्त गरेका नेत्रप्रसाद खतिवडा र राजाराम कार्कीले आधा/आधा कार्यकाल पदमा रहेर काम गर्ने भएका छन् ।

संघको ५४ औं साधारणसभा तथा अधिवेशनबाट प्रमोद सिंह रानाभाटको नेतृत्वमा ३ वर्षीय कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *