नेपाली क्रिकेट टिमको २५ मा मकवानपुरका ढकाल र कंसाकार

हेटौंडा, नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको दि कोर क्याम्पको दोस्रो चरणका लागि २५ खेलाडीको नाम सार्वजनिक हुँदा मकवानपुरका २ खेलाडी अटाएका छन् । मकवानपुरका रिजन ढकाल र शुभ कंसाकार २५ भित्र परेका हुन् । नेपाली टोलीमा निरन्तर रहँदै आएका कुशल मल्लले यस पटक अन्तिम २५ मा स्थान बनाउन सकेनन् ।

ADVERTISEMENT

यस्तै देव खानल पनि दोस्रो चरणमा परेनन् । रोहित पौडेलको कप्तानीमा नेपाली टोली रहनेछ । दि कोर क्याम्पमा ४ टोली बनाएर प्रतियोगिता गरिएको थियो । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताबाट क्यानले ५२ खेलाडी पहिलो चरणमा छनोट गरेको थियो । निलो, हरियो, रातो र पहेंलो टोली बनाएर मुलपानीको माथिल्लो र तल्लो मैदानमा प्रतिस्पर्धा भएको थियो ।
नवनियुक्त अष्ट्रेलियन प्रशिक्षक स्टुआर्ट ल नेपाल आइपुगेपछि यो प्रतियोगिता आयोजना गरिएको थियो । क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीको आगामी मे महिनामा हुने युके टुरको खेल तालिका सार्वजनिक गरेको थियो ।

आइसिसी क्रिकेट वल्ड कप लिग–टु अन्तर्गत स्कटल्यान्डको सिरिज अगाडि नेपालले बेलायतमा ५ वटा खेल खेल्ने तय भएको क्यानले जनाएको छ । मकवानपुरका ढकाल र कंसाकारसहित नेपाली क्रिकेट टिममा रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, अनिल साह, भिम सार्की, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, अर्जुन साउद, बसीर अहमद, दिलीप नाथ, आरिफ शेख, युवराज खत्री, किरण ठगुन्ना, सन्दीप लामिछाने, ललित राजवंशी, शहाब आलम, सोमपाल कामी, करण केसी, नन्दन यादव, प्रतीस जीसी, आकास चन्द, रुपेश सिंह र लोकेश बम रहेका छन् ।

रिजन पछिल्लो समय नेपाली राष्ट्रिय टिमको नियमित सदस्यको रुपमा रहेका छन् भने शुभ अहिलेसम्म राष्ट्रिय टिममा पर्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *