भलिबल प्रतियोगितामा विभागीय टोलीको वर्चश्व

हेटौंडा, हेटौंडाको हुप्राचौरमा जारी राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको बुधबारको खेलमा विभागीय टोलीले विजयी हासिल गरेका छन् । स्व. केशवलाल स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा बुधबार भएको दुई खेलमै त्रिभुवन आर्मी क्लव विजयी बनेको छ भने गण्डकी प्रदेश, नेपाल पुलिस क्लवले पनि जित हासिल गरेको छ ।

ADVERTISEMENT

पहिलो खेलमा त्रिभूवन आर्मी क्लवले घरेलु टोली मकवानपुर भलिबल टिमलाई २५–१५, २५–२२ र २५–२२ को सोझो सेटले पराजित गरेको छ । बुधबार भएको दोस्रो खेलमा गण्डकी प्रदेशले वालिङ भलिबल क्लवलाई पराजित गरेको छ । पहिलो सेट २५–१७, २८–१० को सोझो सेटले विजयी भएको गण्डकी प्रदेश तेस्रो सेटमा पराजित हुन पुग्यो । तेस्रो सेटमा वालिङले २५–२३ ले विजयी भएको हो । चौथो सेटमा २५–१८ ले पराजित गर्दै गण्डकी प्रदेश विजयी बन्यो ।

बुधबार भएको तेस्रो खेलमा नेपाल पुलिस क्लवले पाथीभरा टाइगर युवा क्लवबलाई पराजित गरेको छ । पहिलो सेटमा निकै प्रतिस्पर्धा भएता पनि दोस्रो र तेस्रो सेटमा पाथिभराले राम्रो खेल प्रदर्शनी गर्न सकेन । उक्त खेलमा नेपाल पुलिस क्लवले २८–२७, २५–१५ र २५–१८ को सोझो सेटले पराजित गर्न सफल भयो । प्रतियोगितामो म्यान अफ द म्याच नेपाल पुलिसका कुलबहादुर थापा म्यान अफ द म्याच घोषित भए ।

ADVERTISEMENT

बुधबार भएको अन्तिम खेलमा त्रिभूवन आर्मी क्लव विजयी भएको छ । त्रिभुवन आर्मी क्लवले वालिङ भलिबल क्लवलाई सोझो सेटमै पाखा लगाउन सफल भयो । आर्मीले २५–११, २५–२१ र २५–२२ को सेटमा वालिङलाई हराएको हो । प्रतियोगितामा वालिङका रोशन मगर म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत विहीबार पहिलो खेल मकवानपुर विरुद्ध वालिङ, दोस्रो खेल सशस्त्र विरुद्ध पुलिस र तेस्रो खेल आर्मी विरुद्ध गण्डकी प्रदेश हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya