बागमती गोल्डकप आजबाट, आयोजक र जावलाखेल युथ भीड्ने

हेटौंडा, मकवानपुरको बागमती गाउँपालिकामा आजबाट पाँचौ बागमती राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिले जानकारी दिएको छ । उद्घाटन खेल आयोजक टिम र जावलाखेल यूथ क्लवको बीचमा हुनेछ ।

ADVERTISEMENT

माघ ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ७ वटा ए डिभिजन क्लव, एउटा विदेशी र दुईवटा मोफसलको क्लव गरी १० टिमको सहभागिता रहेको छ । बागमती गाउँपालिका–८ जनता उच्च माविको खेल मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक बागमती खेलकुद विकास समितिका अध्यक्ष टीकालाल श्रेष्ठले बताए । प्रतियोगितामा आयोजक र जावलाखेलसहित मकवानपुर–११, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, मछिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज क्लब, अमेरिकी टिम भुट्निज यूथ स्पोट्र्सको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता हुने टिमले नगद ८ लाख र उपविजेताले नगद ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ, विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही १०÷१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा करिब ७१ लाख खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताका लागि बागमती गाउँपालिकाले ३५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *