बागमती गोल्डकपमा जाउलाखेलको विजयी शुरुवात

हेटौंडा, पाँचौं संस्करणको बागमती गोल्डकपमा जाउलाखेल युथ क्लवले विजयी शुरुवात गरेको छ । आइतबार भएको उद्घाटन खेलमा आयोजक बागमती गाउँपालिकालाई ५–० को गोल अन्तरले पराजित गर्दै जाउलाखेल युथ क्लव विजयी शुरुवात गरेको हो ।

जाउलाखेलको जीतमा ह्युसुव थपलियाले तीन गोल गरे । उनी खेलको म्यान अफ दी म्याच घोषित भए । खेलमा सुनिल खड्का र समिरराज थोकरले एकरएक गोल गरेका थिए । सोमबार मकवानपुर–११ र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । प्रतियोगिताको उद्घाटन बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गरेकी थिइन् ।

प्रतियोगितामा सातवटा ए डिभिजन, एउटा विदेशीसहित दश टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता हुने टिमले नगद ८ लाख र उपविजेताले नगद ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ, विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही १०/१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा करिब ७१ लाख खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताका लागि बागमती गाउँपालिकाले ३५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button