हेटौंडा, ३० साउन/हेटौंडा–४ मा रहेको श्रमिक सुरक्षित बचत तथा ऋण सहकारी संस्थाको कार्यालय सोमबार उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरका मेयर मिना कुमारी लामाले नयाँ भवनको कार्यालयको उद्घाटन गरेकी थिइन् ।
सहकारीका शेयर सदस्य समेत रहेका निर्वाचित मेयर मिनाकुमारी लामा, ४ का वडा अध्यक्ष नवीन सिग्देल, २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जन, ९ का वडा अध्यक्ष सुकराम केसी, ११ का वडा अध्यक्ष जुना दाहाललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष विरेन्द्रप्रसाद ढुङ्गानाले संस्थाको आर्थिक कारोबारबारे जानकारी गराएका थिए । उनले असार मसान्तसम्ममा २३ करोड ७६ लाख कुल कारोबार भएको बताए । ३ करोड ५८ लाख ६१ हजार ६ सय शेयर पुजीँ रहेको सहकारीमा २ हजार १९९ जना शेयर सदस्य रहेका छन् ।
१५ करोड १८ लाख ३३ हजार ३ सय बचत निक्षेप रहेको र १८ करोड ५१ लाख ५२ हजार ऋण लगानी रहेको कोषाध्यक्ष ढुङ्गानाले बताए । उनले सहकारीको जगेडा कोषमा ९२ लाख ८२ हजार ९ सय रहेको बताएका छन् । सहकारी संस्थाका अध्यक्ष नवराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सहकारी वोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा, वडा अध्यक्षहरु, जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष विष्णुकुमारी लामा, नेफ्स्कुनका प्रतिनिधि विदुर खड्का, राष्ट्रिय सहकारी बैंकका विनिता विष्ट, सहकारीका सल्लाहकार सुदर्शन अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।







