हेटौंडा, काठमाडौंमा जारी सातौँ एनभिए पुरुष भलिबल प्रतियोगितामा केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान क्वाटरफाइनलमा प्रवेश गरेको छ । विहीबार बुढानिलकण्ठ भलिबल क्लबमाथि सोझो सेटमा जित निकाल्दै केशवलाल केन्द्र सातौैं एनभिए भलिबल प्रतियोगिताको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
केशवलाल समूह ‘डी’ बाट अन्तिम आठमा पुग्न सफल भएको हो । यो समूहबाट टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले क्वाटरफाइनलमा स्थान बनाइसकेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको खेलमा केशवलालले पहिलो सेट २७–२५ ले जित्न सफल भयो । खेलको सुरुवातदेखि नै लगातार पछि परेको केशवलालले उत्कृष्ट पूनरागमन गर्दै जित निकाल्न सफल भएको हो ।
त्यसपछिको दुवै सेट जित्न केशवलालले जित्न खासै मिहेनत गर्नुपरेन । दोस्रो सेटमा २५–१८ को जित निकालेको केशवलालले तेस्रो सेट २५–१६ ले सहजै जित्न सफल भयो । बुढानिलकण्ठका विवेक तामाङ केल्मी प्लेयर अफ दि म्याच घोषित भएका छन् । उने केल्मी नेपालबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।
यस जितसँगै केशवलालले ३ खेलबाट ६ अंक जोडेको छ । बुढानिलकण्ठले ३ खेलबाटै ३ अंक जोड्यो । मधेसले अंकको खाता खोल्न सकेको छैन ।








