मिडिया कप फुट्सलको उपाधि एन्ड्रस समूहलाई

हेटौंडा, नेपाल खेलकुद पत्रकार मञ्च मकवानपुर शाखाको आयोजना भएको मिडिया कप फुट्सलको उपाधि सक्रिय पत्रकारहरुको समूह एन्ड्रसले जितेको छ । फाइनलमा रेडियो मकवानपुर÷प्रदेश दैनिकलाई २–१ गोलले हराउँदै एन्ड्रस टिमले उपाधि जितेको हो । एन्ड्रसले नवयुग मिडिया प्रालिलाई र मकवानपुर÷प्रदेश दैनिकले आयोजक खेलकुद पत्रकार मञ्चलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो ।

ADVERTISEMENT

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी उपविजेता टिमका पोष्टराज अधिकारी घोषित भए । मिडियाकर्मीको बीचमा भ्रातृत्वको सम्बन्ध स्थापनासँगै खेलकुदको विकासका निम्ति हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा मञ्चले प्रतियोगिता आयोजना गरेको हो । खेलकुद पत्रकार मञ्चका अध्यक्ष राजन दाहाल रसिकको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा अध्यक्ष एवम् प्रवक्ता सविन न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रवक्ता न्यौपानेले पत्रकारको संस्थागत एवम् क्षमता विकासका लागि उपमहानगरपालिका सदैव तयार रहेको बताए । आगामी दिनमा पनि यस्ता प्रतियोगिताका लागि आवश्यक सहयोग गर्ने उनको प्रतिबद्धता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारु मगर, मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाइँ, प्रेस चौतारी मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस युनियन मकवानपुरका निवर्तमान अध्यक्ष पोष्टराज अधिकारी कुमार, प्रेस सेन्टर मकवानपुर अध्यक्ष अन्जली थापा, अनलाइन एसोसिएसन (ओमान)का अध्यक्ष धर्मेन्द्र दाहाल, मञ्चका उपाध्यक्ष सुवास विडारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *