हेटौंडा, पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी-९ ज्यामिरे भलादमीचोकमा स्कुटर दुर्घटना हुँदा चालक सहित स्थानीय ३ जनाको ज्यान गएको छ।
पुर्वपश्चिम सडकखण्ड अन्तर्गत सोही स्थानमा बिहीबार राति ना ३९ प १४३९ नम्बरको स्कुटर दुर्घटना हुँदा ३ जनाको ज्यान गएको हो।स्कुटर दुर्घटना भएको र तिनजना घाइते रहेको भन्ने सुचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीमा प्रहरी निरीक्षक कृष्णप्रसाद ढकाल नेतृत्व टोली घटनास्थल पुगरे दुर्घटनामा गम्भीर घाइते तिनै जनालाई उद्धार गरी उपचारका लागि भरतपुर पठाएको थियो।
दुर्घटनामा मनहरी-८ सिमपानी बस्ने अन्दाजी ३०/३२ बर्षीय धर्मराज मोक्तान,स्कुटरमा सवार सोही स्थान बस्ने अन्दाजी ३०/३२ बर्षीय मिलन मोक्तान र राक्सिराङ – ३ लावती बस्ने अन्दाजी ३०/३२ बर्षीय रुपेश तामाङको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताएका छन् । मृतक तिनै जनाको उपचारको क्रममा भरतपुर स्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ।
दुर्घटनाको अवस्था हेर्दा सवारीले ठक्कर दिएको जस्तो देखिएको र कुन सवारीले ठक्कर दिएको हो भन्ने अनुसन्धान भइरहेको र मृतकको शव मेडिकल कलेजमै रहेको प्रवक्ता कार्कीले बताएका छन्। दुर्घटना लगत्तै ठक्कर दिने सवारीको खोजी गर्नुपर्ने भन्दै स्थानीयले करिब २ घण्टा राजमार्ग अवरुद्ध गरेका थिए। (स्रोत प्रष्ट खवर)






