हेटौंडा/ हेटौंडामा रहेको सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी सेकेन्डरी स्कुलको ३० औं अभिभावक भेलाशुक्रबार भएको छ । अभिभावक भेलाको अवसरमा पत्रकार गणेशदर्पण अधिकारीसहित उत्कृष्ट विद्यार्थी तथा शिक्षक एवम् कर्मचारीलाई सम्मान
गरिएको छ ।
रेडियो मकवानपुर तथा प्रदेश राष्ट्रिय दैनिकमा आबद्ध अधिकारीलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको हो । उत्कृष्ट कर्मचारी भरत कार्की, उत्कृष्ट शिक्षकहरु ज्योति थापा क्षेत्री, राधिका श्रेष्ठ र प्रमिला लामा सम्मानित भएका छन् ।सोलिड्यारिटीको बर्ष विद्यार्थीबाट प्रज्ञान पन्त, अनुशासित विद्यार्थी भावना न्यौपाने, निट एण्ड टाइडी अवार्डबाट प्रि प्राइमरी कक्षाबाट जुलियन महतो, प्राइमरीबाट सेलिन तामाङ, माध्यमिकबाट दिपिका श्रेष्ठले अवार्ड प्राप्त गरेका छन् । अभिभावक दिवसको अवसरमा विद्यालयका विद्यार्थीहरुले नृत्य, गीत र नाटक प्रश्तुत गरेका थिए । १० कक्षासम्म पढाई हुने सोलिड्यारिटीमा एकहजार ६ सय विद्यार्थी अध्ययनरत् रहेका छन् ।
विद्यालयका संस्थापक अध्यक्ष ऋषिराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सनका केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । संस्थापक अध्यक्ष आचार्यले समयसापेक्ष शिक्षा सोलिड्यारिटीको प्रतिबद्धता भन्ने नाराका साथ जिल्लाको शैक्षिक उन्नयनमा लागिपरेको जानकारी दिँदै विद्यार्थीको कला प्रस्फुटनमा विविध कार्यक्रमको आयोजना गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा संस्थापक निमटोल्मा आचार्य, प्रिन्सिपल रिना आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष प्रधुम्न उपाध्याय लगायतको आतिथ्यता रहेका थिए । कार्यक्रममा पूर्व प्राथमिक तहका ६ सयमध्ये सबै विद्यार्थीले स्टेजमा प्रश्तुती गरेका
थिए । समग्रमा ८ सय विद्यार्थीले आफ्नो प्रश्तुती दिएका थिए । कार्यक्रममा साहित्यकार छवि अनित्यले कितावको प्रदर्शनी समेत गरेका थिए ।






