भुटनिजले जित्यो पाँचौँ बागमती गोल्डकप

हेटौंडा, बागमती गाउँपालिकामा भएको पाँचौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ को उपाधि विदेशी क्लब भुटनिज युथ स्पोर्टस्ले जितेको छ ।

ADVERTISEMENT

जनता मावि खेल मैदानमा संकट क्लबलाई टाइब्रेकरमा ८–७ गोलअन्तरले पराजित गर्दै अमेरिकन क्लब च्याम्पियन भएको हो । निर्धारित समय २–२ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेरमा गरिएको हो ।

भुटनिजका गोलरक्षक पूजन थापामगर म्यान अफ दी फाइनल घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे । उनले संकटाका सुरजज्यू ठकुरीले प्रहार गरेको पेनाल्टी रोक्दै आफ्नो टोलीलाई उपाधि जिताएका थिए । उपाधिसहित भुटनिजले नगद ८ लाख र संकटाले ४ लाख रुपैयाँ प्राप्त गरेको छ ।

यो जीतसँगै बागमती गोल्डकपले नयाँ विजेता प्राप्त गरेको छ । दुवै टोली यस प्रतियोगिताको फाइनलमा पुगेको पहिलो पटक हो ।

पुस २४ गतेबाट वाग्मती गाउँपालिकाको आयोजनामा भएको प्रतियोगितामा सातावटा ए डिभिजन टोलीका सातवटा क्लबसहित १० टोलीको सहभागिता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *