जेठ ३ गतेबाट हेटौंडा मेयर कप फुटबल प्रतियोगिता

हेटौँडा, आगामी जेठ ३ गतेबाट हेटौंडा उपमहानगरपालिका मेयर कप वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । नगर खेलकुद विकास समिति हेटौंडाको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन हुँदै आएको प्रतियोगिताको बारेमा आयोजकले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।

ADVERTISEMENT

हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा आयोजना हुने प्रतियोगिताको विजेताले २ लाख ५० हजार र उपविजेताले २ लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्रप्रसाद घिमिरेले जानकारी दिए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट फरवार्ड, मिडफिल्ड, डिफेन्स, गोलरक्षक र प्रशिक्षकले समान नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छन् अघिल्लो वर्ष विजेताले २ लाख र उपविजेताले डेढ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकोमा यस वर्ष पुरस्कार राशी बढाइएको हो । प्रतियोगितामा उपमहानगरपालिका भित्रका वडाहरुले मात्रै सहभागिता जनाउन पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya