९७ जना ग्राहकको लाईन काटियो

हेटौंडा, नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले बिद्युतको वक्यौता नतिर्ने ९७ जना ग्राहकको लाईन काटिएको छ । लामो समय देखि विद्युत महशुल नबुझाई बढि वक्यौता भएका ग्राहकको लाईन काटि पालुङ प्राधिकरणले वक्यौता उठाउन थालेको हो ।

ADVERTISEMENT

पटक–पटक सूचना गर्दा पनि अटेर गरि वक्यौता नबुझाएका ग्राहकहरुको लाईन काट्न शुरु गरेको वितरण केन्द्र प्रमुख बिरमान रास्कोटीले बताए । प्राधिकरणले पुस महिनामा मात्र ९७ जना ग्राहकको लाईन काटिएको उनले बताए । ९७ जना ग्राहकहरुबाट ४४ लाख ४४ हजार ३ सय ८५ रुपैयाँ उठ्न बाँकी रहेको केन्द्रले जनाएको छ ।

अहिले पालुङ प्राधिकरणको वक्यौता झण्डै २ करोड छ । वक्यौता अशुल गर्न ३ महिना भन्दा बढी समय विद्युत महशुल नबुझाउने ग्राहकको लिष्ट तयार गरि लाईन काट्न टोली परिचालन गरिएको पालुङ प्राधिकरणले जनाएको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *