निर्माण व्यवसायी संघ मकवानपुरले बुझायो ज्ञापनपत्र


हेटौंडा, निर्माण व्यवसायी संघ मकवानपुरले प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । निर्माण सामाग्रीमा भएको मूल्यवृद्धिको विरोधमा आइतबार निर्माण व्यवसायीहरुले ज्ञापन पत्र बुझाएका हुन् ।

ADVERTISEMENT

निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेल नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई १४ बुद्धे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा सिमेन्ट, डण्डी लगायतका निर्माण सामग्रीमा भएको मूल्यवृद्धि एवम् कालोबजारी रोक्दै निर्माण व्यवसायीका लागि शून्य भन्सार दरमा निर्माण सामग्री आयातको व्यवस्था हुनुपर्ने, सार्वजनिक खरिद ऐन तथा नियमावलीको तत्काल पूर्नलेखन गर्नुपर्ने, विभिन्न कारणले बाँकी अर्बौ रकम सरकारले तत्काल भुक्तानी दिनुपर्ने, लो बिडिङ निरुत्साहित गर्नुपर्ने लगायत १४ बुँद्धे माग गरिएको छ ।

माघ १५ गतेभित्र माग पूरा नभएका चरणबद्ध आन्दोलनमा जाने निर्माण व्यवसायीहरुले चेतावनी दिएका छन् । आइतबार नै निर्माण व्यवसायी महासंघ बागमती प्रदेशले पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बागमती मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya