अन्तरविद्यालय क्रिकेट प्रतियोगिता विहीबारबाट


हेटौंडामा जिल्लास्तरीय अन्तर विद्यालय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।प्रतियोगितामा सहभागिता जनाएका सबै टिम हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रकै रहेको उनले बताए । प्रतियोगिता अन्तर्गत हरेक दिन बिहान ९ बजे र दिउँसो १ बजे गरी दुई खेल संचालन हुनेछ ।

ADVERTISEMENT

आगामी मंसिर १ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँ र उपविजेताले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

मकवानपुर क्रिकेट संघले मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको छ । मकवानपुर क्रिकेट संघका पूर्वकप्तान स्वर्गीय निरज श्रेष्ठको स्मृतिमा आयोजना गरिएको प्रतियोगिता विहीबारबाट हेटौंडा–४ स्थित हुप्रचौरमा सञ्चालन हुनेछ ।सम्मेलनमा मकवानपुर क्रिकेट संघका कार्यबाहक सचिव विनोद कुमार बानियाँले प्रतियोगिताको लागि मंगलबारसम्म १२ वटा टिम दर्ता भएको जानकारी दिए ।

मकवानपुर क्रिकेट संघका अध्यक्ष वासुलाल श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा क्रिकेट संघका केन्द्रीय सदस्य करण महत्रा क्षेत्री, प्रदेश क्रिकेट संघका उपाध्यक्ष प्रेम क्षेत्री र प्रतियोगिताका संयोजक धिरज श्रेष्ठको सहभागिता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *